फेरि सर्यो नेकपा सचिवालय बैठक

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, ११ : ४३
फेरि सर्यो नेकपा सचिवालय बैठक

फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबारलाई तय भएको सचिवालय बैठक आइतबार बस्ने भएको छ । 

मन्त्रिपरिषद पुनर्गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । आज बस्ने भनिएको बैठक भोलिलाई सारिएको हो । भोलिको बैठकमा सरकारले गरेको राजदूत लगायत महत्वपूर्ण नियुक्तिका विषयमा कुरा उठाइने पार्टी स्रोतले जनाएको छ ।

यसअघि गत असोज ६ गते सचिवालय बैठक बसेको थियो । यसबीचमा दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन गर्न मापदण्ड तय गर्ने भनिएपनि कुरा मिल्न सकेको छैन । यसैबेला गत विहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन राजदुत र मुख्यसचिव नियुक्ति गर्ने निर्णय गरेपछि नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस