चितवन । राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि मङ्गलबार उनकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । संक्रमण भएसँगै अधिकारी दम्पतत्ती दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवैको स्वास्थ्यावस्था सामान्य छ ।
नियमित रिपोर्टिङमा जानेआउने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए । उनले भने, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नुबाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ असोज २०७७, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण