नेपालमा थप १० जनाको मृत्यु, १ हजार ५१३ जना संक्रमित थपिए, ७३१ जना निको भए

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, १६ : २२
नेपालमा थप १० जनाको मृत्यु, १ हजार ५१३ जना संक्रमित थपिए, ७३१ जना निको भए

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ । यस्तै आज थप १ हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ७३१ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । जसमध्ये ५५ हजार ३७१ जना निको भएर घर फर्किएका छन् ।