गुर्जो जडिबुटी एक, रोग प्रतिरोधात्मक क्षमता बढाउन फाईदा अनेक : जानी राखौं यसको प्रयोग र विधि

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, ०९ : ४८
गुर्जो जडिबुटी एक, रोग प्रतिरोधात्मक क्षमता बढाउन फाईदा अनेक : जानी राखौं यसको प्रयोग र विधि

काठमाडौं । विश्व नै यतिबेला कोरोना कहरले आक्रान्त छ । कोरोना भाइरस विरुद्धको खोप कहिले आउने भन्ने अहिले सम्म रहस्यकै गर्भमा छ । तर यसको संक्रमण भईहाले औषधी नभएको अवस्थामा शरिरको प्रतिरोधात्मक क्षमता नै महत्पुर्ण हुने विभिन्न अध्ययनहरुले देखाएको छ ।

यस्तै शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन अहिले विभिन्न उपायको खोजीनिति बढेको छ । यसमा जडिबुटी गुर्जोको महत्व पनि धेरै रहेको पाईएको छ । नेपालमा धेरै ठाउँमा पाईने र यसको नियमित सेवनले शरिरको लागि  अमृत समान काम गर्दछ ।  यसको प्रयोग गर्दा मात्रा मिलाएर गर्नुपर्छ नभए यसले बेफाईदा पनि गर्छ । यसै सन्दर्भमा, यसको सेवन के,कसरी र  कस्ता मानिसले गर्दा राम्रो हुन्छ, यही विषयमा केही टिप्स : 

गुर्जो सेवन गर्ने विधि
–– ताजा गुर्जोको लहरा १० देखि ३० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा             मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित बिहान सेवन गर्ने ।
–– बुर्जो बेलुकी पिसेर पानी मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ह जमेको हुन्छ । त्यस सतहलाई       मनतातो पानीमा मिसाएर खाँदा हुन्छ । 
–– हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
–– टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
–– सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।

गुर्जो सेवनबाट के कस्तो फाईद हुन्छ ?
–– यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
–– युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा यो लाभकारी हुन्छ । 
–– गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हातखुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै           उपयोगी छ ।
–– किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुऱ्याउँदछ ।
–– गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुऱ्याउँदछ ।
–– गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। ।
–– रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् ।
–– अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
–– गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।

ध्यान दिनु पर्ने कुराहरु
–– चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।
–– प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह , मिश्री , सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
–– गर्भवती, दुधपान गराइरहेका आमा , ५ बर्ष मुनिका बच्चा , पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन ।

प्रतिक्रिया दिनुहोस