अनुमति नलिई एसिड विक्री गरे कति हुन्छ सजाय ?

सफल खबर संवाददाता

शुक्रबार, ०९ असोज २०७७, १६ : ०७
अनुमति नलिई एसिड विक्री गरे कति हुन्छ सजाय ?

काठमाडौं । नयाँ कानुनमा अनुमति नलिई एसिड विक्री गरेको खण्डमा एक वर्षसम्म कैदको सजाय हुने उल्लेख छ । 

सरकारले तेजाब बिक्री नियमन गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याएको छ । मन्त्रिपरिषद्‍बाट पारित भई राष्ट्रपतिले जारी गर्न लागेको अध्यादेशमा सरकारको अनुमति नलिई एसिड वा घातक रसायन बिक्रीवितरण, आयातनिर्यातमा रोक लगाइएको छ । 

अनुमति नलिई एसिड बिक्री गरेको खण्डमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस