लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने साझा यातायातको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०६ असोज २०७७, १४ : ५४
लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने साझा यातायातको निर्णय

काठमाडौं । साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ । बुधबारदेखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस