काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यतया बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । दिउँसो देशभर नै सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्।
प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ। राति पनि देशभरको मौसम सामान्यतया बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । अहिले उत्तरपूर्वको बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ भने पश्चिम–उत्तरपश्चिममा सरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ असोज २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु
तराईमा हुस्सु–कुहिरो र शीतलहरको चेतावनी, सतर्कता अपनाउन आग्रह
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईमा हुस्सु र कुहिरोको प्रभाव कायमै
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : तराईका धेरै स्थानमा बाक्लो हुस्सु