काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतमलाई त्यही अवधिमा राष्ट्रिय सभामा मनोनीत गरिनु गैरसंवैधानिक हुने दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
गौतमलाई सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र मनोनीत गर्ने राष्ट्रपति कार्यालयको निर्णय बदर हुनुपर्ने दाबी निवेदनमा गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गर्ने नेपाल कम्युनिस्ट पार्टीलाई विपक्षी बनाएका छन् ।
गत भदौ २९ मा मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ असोज २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१६ वर्ष पुगेपछि काम गर्न पाउने कानुन बनाउनुपर्छ: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
नेकपा एसमा पनि २० लाख पार्टी सदस्य बनाउन सकिन्छ: वामदेव गौतम
एकीकृत समाजवादीमा आउन चार वर्ष लाग्यो: वामदेव गौतम
वामदेव गौतम नेतृत्वको पार्टी र एकीकृत समाजवादीबीच एकता घोषणा
एकीकृत समाजवादीमा समाहित भएपछि वामदेव गौतमको पद के हुन्छ ?