विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने

पत्रपत्रिकाबाट

मंगलबार, ०६ असोज २०७७, ०७ : ४३
विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने

काठमाडौं । विदेशी टेलिभिजनमा नेपाली विज्ञापन हाल्न नपाइने प्रावधानसहित आगामी कात्तिक ८ भित्र क्लिन फिड लागू गर्न संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । 

सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनमा कात्तिक ८ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था छ । समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सरोकारवालासँगको छलफलमा यस्तो निर्देशन दिएको हो ।

समितिले सरकारलाई विज्ञापन ऐनबमोजिम गठन गर्नुपर्ने विज्ञापन बोर्ड कात्तिक ७ भित्र गठन गर्न र क्लिन फिड लागू गर्न निर्देशन दिएको छ । ऐन लागू भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने प्रावधान छ । गत वर्ष कात्तिक ८ मा राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस