रुपन्देही । बुटवलबाट चार दिनदेखि बेपत्ता एक स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो ।
बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतीतसिंह राठौरले जानकारी दिनुभयो । नेपाल मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेबका रुपमा कार्यरत हुनुहुन्थ्यो । नेपाल बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित एक होटलबाट लु२०प ४०६७ नं को मोटरसाइकलमा घर जाँदै गर्दा बेपत्ता हुनुभएको थियो ।
नहर पार गरी जाने क्रममा पानीको बहाव उच्च रहेकाले बगाएको आशङ्कामा पानी बन्द गरेर खोजी गरिएको थियो । नेपालका श्रीमती र एक छोरा छन् । उहाँका दाजु छविको पनि उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०५ असोज २०७७, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई छोरीसहित हत्या गरिएकी महिलाका श्रीमान् झुण्डिएको अवस्थामा फेला
काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला
तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
देशका विभिन्न स्थानमा चार जना मृत फेला