नेकपा सचिवालय बैठक आज पनि बस्दै : राजनीतिक नियुक्ति माथी मुख्य छलफल

सफल खबर संवाददाता

सोमबार, ०५ असोज २०७७, ०८ : ५३
नेकपा सचिवालय बैठक आज पनि बस्दै : राजनीतिक नियुक्ति माथी मुख्य छलफल

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ । ४ वटा कार्यसूचि बनाएर हिजाबवाट छलफल शुरु भएको सचिवालयमा बैठकमा पहिलो एजेण्डा मन्त्रिपरिषद् पूर्नगठनका विषयमा छलफल भएपछि आज दोश्रो एजेण्डामा छलफल हुन लागेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सम्वैधानिक तथा राजनीतिक नियुक्तिहरु के कसरी गर्ने भन्ने मापदण्डमाथी सुझाव दिने गरी सचिवालय बैठकमा छलफल हुनेछ । बैठक आज पनि पेरिसडाँडास्थित पार्टीको जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमै दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी हुनेछन् ।

तेश्रो एजेण्डा संगठनात्मक एकताका बाँकी काम टुंगाउने र चौथो विविधमा पार्टी केन्द्रीय सदस्यहरुलाई आर्थिक सहयोग दिने देखि, रिक्त पदहरुको पदपूर्ति लगायतका विषय पनि छलफलमा छन् । हिजोको बैठकमा मन्त्रिमण्डल पूर्नगठन गर्ने विषयमा सबै नेताहरु एक मत देखिएपनि के–कसरी कुन विधिका आधारमा पूर्नगठन गर्ने भन्ने विषयमा भने नेताहरुका अलग अलग धारणा छन् ।

वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले अहिले रहेका प्रधानमन्त्री बाहेकका सवै मन्त्रीहरु नै फेरेर नयाँ सेट लिएर काम गर्न प्रधानमन्त्रीलाई सुझाएका छन् । तर प्रधानमन्त्री ओलीले भने सबै मन्त्री फेरर जाने कुरा सम्भव नहुने बताईसकेका छन् ।

प्रचण्डले भने अधिकतम धेरै भन्दा धेरै नयाँ लाने गरी जानुपर्ने बताएका छन् । आजको बैठकमा यस विषयमा पनि थप छलफल हुने र दुई अध्यक्षलाई यसमा निर्णय लिन सुझाउने सम्भावना रहेको पनि नेताहरुको भनाई छ । बैठक अझै भोलिसम्म लम्बिन सक्ने नेताहरुको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस