बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १७ : २२
बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार

काठमाडौं । उपन्यास ‘महारानी’ले यस वर्षको मदन पुरस्कार पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

गुठीले यसअघि मदन पुरस्कारका लागि ७ पुस्तक नाम सार्वजनिक गरेको थियो । जसमा तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी र विमल निभाको जोकरको बन्दुक रहेका थिए । उक्त सूचीअन्तर्गत महारानीलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै, गुुठीले ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । मदन पुरस्कारको राशी २ लाख रुपैयाँ छ । गुठीका अनुसार यी दुवै पुरस्कार वितरण कार्यक्रम भने कोभिड महामारीको परिस्थितिका कारणपछि सार्वजनिक गरिने छ  ।

प्रतिक्रिया दिनुहोस