कोरोना संक्रमणबाट नेपाली सेनाका कार्यरत एक जवानको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, १२ : ०८
कोरोना संक्रमणबाट नेपाली सेनाका कार्यरत एक जवानको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको  सेनाले जनाएको छ । 

लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका  प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए । 

पौडेलका अनुसार मृत्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको देखिएको थियो ।  ‘उपचारकै क्रममा मृत्यु भएपछि उनमा कोरोना पोजेटिभ देखिएको हो । 

प्रतिक्रिया दिनुहोस