त्रिशूली नदीमा खस्यो पेट्रोल बोकेको ट्याङ्कर

रासस

आइतबार, ०४ असोज २०७७, ०९ : ४३
त्रिशूली नदीमा खस्यो पेट्रोल बोकेको ट्याङ्कर

फाईल तस्वीर

धादिङ । ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । 

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले बताए । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस