नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु, मन्त्रिपरिषद् पूर्नगठन मुख्य एजेण्डा

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, ०८ : ५८
नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु, मन्त्रिपरिषद् पूर्नगठन मुख्य एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक  कोटेश्वर पेरिसडाँडामा शुरु भएको छ ।  तत्कालिन माओवादीको केन्द्रीय कार्यालय र अहिले नेकपाले जनवर्गीय संगठनको कार्यालय बनाएको कोटेश्वर पेरिसडाँडामा सचिवालय बैठक बस्न लागेको हो । 

पार्टी एकतापछि पेरिसडाँडामा बस्न लागेको केन्द्रीय सचिवालयको यो पहिलो बैठकमा मन्त्रिपरिषद् पूर्नगठन मुख्य एजेण्डा बनेर छलफल हुने नेताहरुले बताएका छन् । २६ भदौंमा सम्पन्न स्थायी समिति बैठकले मन्त्रिपरिषद् संघ देखि प्रदेश सम्मै आवश्यकताका आधारमा पूर्नगठन गर्ने सैद्धान्तिक प्रस्ताव सर्वसम्मतले पारित गरिसकेको छ ।

पार्टी एकताका बाँकी काम सम्पन्न गर्दै महाधिवेशनमा जाने, मन्त्रिमण्डल पूर्नगठन गर्ने र राजनीतिक तथा सम्बैधानिक निकायका नियुक्तिहरु सचिवालय बैठकमा छलफल चलाउने, सदस्यहरुको पनि सुझाव र परामर्श गर्ने र दुई अध्यक्षको समन्वयमा सहमति जुटाएर मात्र गर्ने निर्णय स्थायी समिति वैठकले गरेको थियो । 

त्यही आधारमा आजको सचिवालय बैठकमा स्थायी समिति बैठकले पारित गरेको प्रस्ताव र निर्णयको ब्यवहारिक कार्यान्वयन के कसरी गर्ने भन्नेमा केन्द्रीत रहेर छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो । बैठक शुक्रबार नै बोलाईएपनि प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यब्यस्तता देखाएपछि बैठक आजका लागि सारिएको थियो ।

बैठक सरेपछि अध्यक्ष प्रचण्ड पनि आफ्ना नजिकका आफन्तनै पर्ने सहयोगीको निधन भएकोले उनका परिवारलाई भेटन गृहजिल्ला चितवन पुगेर काठमाडौं फर्केका थिए । उनी हिजो साँझ काठमाडौं फर्किसकेका छन् ।  आज मन्त्रिमण्डल पूर्नगठनका विषयमा बैठकमा मापदण्ड निर्धारण गर्ने गरी सैद्दान्तिक छलफल हुने नेताहरुले बताएका छन् । संगठन विभाग, स्थानिय तह विभाग, लगायतका विभागिय काम पनि बैठकले गर्ने नेताहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस