आइपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

सफल खबर संवाददाता

आइतबार, ०४ असोज २०७७, ०८ : २३
आइपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

एजेन्सी । साविक उपविजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा  विजयी सुरुवात गरेको छ । शनिबार राति युएईको अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता चेन्नईले मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गर्दै  विजयी सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो । चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्काको मद्धतले ७१ रन बनाउँदै चेन्नईको जित सहज पारे ।

यस्तै फाप डुप्लेसिसले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। खेलमा उनले ४४ बलको सामना गरेर ५५ रन बनाएका हुन् । रायडु र डुप्लेसिसले तेस्रो विकेटका लागि १४ ओभरमा ११४ रनको साझेदारी गरेका थिए। साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्यमा आउट भए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । मुम्बईका लागि सौरभ तिवारीले ४२ रन बनाउदा क्विनटन डी ककले ३३ रन बनाएका थिए। चेन्नईका लुंगी एनजिडीले ३ रबिन्द्र जडेजा र दिपक चाहरले २–२ तथा साम करण र पियुस चावालाले १,१ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस