क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत भेटिए

सफल खबर संवाददाता

शनिबार, ०३ असोज २०७७, १३ : ३७
क्यान्सर अस्पतालका कर्मचारी नहरमा मृत भेटिए

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका इन्जिनियर अस्पतालभित्रकै नहरमा आज मृत अवस्थामा भेटिएका छन् । क्यान्सरका कर्मचारी अस्पतालभित्रको नहरमा  मृत फेला परेको पुष्टि चितवन प्रहरीले गरेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार वीरगञ्ज घर भएका अस्पतालमा कार्यरत  कर्मचारी  सूर्य मिश्र मृत फेला परेका हुन् । चितवन प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाएर अनुसन्धान थालेको जनाएको छ । मिश्र ११ वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा कार्यरत थिए ।  भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस