चितवन । चितवनमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । दुई जना उपचारका क्रममा रहेका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१९ का २ वर्षीय रायन रामदाम रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई घरमा सुतिरहेकोबेला विषालु सर्पले डसेको थियो । सर्पको डसाईपछि उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
यस्तै सर्पको डसाईका कारण उनका हजुरआमा ५६ वर्षीया केशरी विक र आमा २३ वर्षीया रुवी सुनारको अवस्था गम्भीर रहेको छ । उनीहरु मध्ये विकको चितवन मेडिकल कलेज र सुनारको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ असोज २०७७, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा सर्पले डसेर एकै घरका २ बालिकाको मृत्यु
विषालु सर्पले टोक्दा ६५ वर्षीया वृद्धाको मृत्यु
सर्पले टोकेर किशोरीको मृत्यु
नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन
विषालु सर्पले टोकेर एक महिलाको मृत्यु
गोमन सर्पले टोक्दा वृद्धाको मृत्यु