आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, ०२ असोज २०७७, ०९ : १८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरको मौसम सामान्यतया बदली हुने जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविदले  देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएका छन् । यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविदले बताएका छन्।

प्रतिक्रिया दिनुहोस