काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो“प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ । ” पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उहाँले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताउनुभयो ।
उहाँ पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहनुभएको छ । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको थियो । अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराउनुभएको पार्टीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा जिल्ला अध्यक्षले जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा दिनुभएको थियो । बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी हुनुभएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०१ असोज २०७७, १९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा