चितवनमा १३ सय ६२ पुगे सङ्क्रमित, कुन पालिकामा कति ? (हेर्नूहोस् विवरण)

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १७ : २८
चितवनमा १३ सय ६२ पुगे सङ्क्रमित, कुन पालिकामा कति ? (हेर्नूहोस् विवरण)

चितवन । चितवन जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको संख्या १३ सय ६२ पुगेको छ । स्वास्थ्य कार्यालयले दिएको तथ्यांकअनुसार चितवनका सात पालिकामध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ९२० जना कोरोना सङ्क्रमित पुगेका छन् । 

यस्तै, खैरहनी नगरपालिकामा ६९, माडी नगरपालिकामा ५३, रत्ननगर नगरपालिकामा १५६, राप्ती नगरपालिकामा १००, कालिकामा ५२ र इच्छाकामनामा १२ जना कोरोना सङ्क्रमित पुगेका छन् । चितवन जिल्लाभर ४४१ जना निको भएर घर फर्केका छन् भने १७ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस