आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, ०८ : २५
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशभरको मौसम सामान्यता बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशभर सामान्य बदली रही हरेक प्रदेशका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस