बहराइनका राजकुमार १८ जनाको टोली लिएर किन आए नेपाल ?

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, १२ : ४८
बहराइनका राजकुमार १८ जनाको टोली लिएर किन आए नेपाल ?

काठमाडौं । बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली बुधबार नेपाल आएको छ । लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्यसहित विशेष विमानमार्फत सो टोली नेपाल आएको हो । 

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना समेत रहेका छन् । यस्तै अन्य २ जना रहेका छन् ।  बहराइनस्थित नेपाली दूतावासका अनुसार सो टोलीले लोबुचे र मनास्लु हिमालको आरोहण गर्ने उद्देश्य लिएको छ । टोली शेख इशा एयरबेसबाट विशेष विमानमा मंगलबार राति नेपालका लागि प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस