आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, ३१ भदौ २०७७, ०८ : ५०
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार  देशका विभिन्न स्थानमा मौसम बदली भई बिहानै देखि वर्षा भएको  जनाएको छ ।बिहानको मौसम बदली भई प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । मौसमविदका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ। यस्तै  दिउँसो पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको महाशाखाका मौसमविदले उल्लेख गरेका छन् । बुधबार राति पनि देशभर सामान्यतया बदली रहने छ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस