चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

पत्रपत्रिकाबाट

बुधबार, ३१ भदौ २०७७, ०७ : २४
चैतभित्रै शैक्षिक सत्र पूूरा हुने

सांकेतिक तस्विर

काठमाडौं । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । 

आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मङ्गलबार आयोजित भर्चुुअल पत्रकार सम्मेलनमा विद्यालय नखुले पनि विद्यार्थीको सिकाइ अवरुद्ध नहुने बताए । उनले अहिलेको शैक्षिक सत्र चैत महिनामा पूरा गर्नेगरी सरकार अगाडि बढेको जानकारी दिनुभयो ।

कक्षा कोठाको पठनपाठन अवरुद्ध भए पनि वैकल्पिक विधिलाई नै अबको मूलधारको शिक्षा मान्ने घोषणा सरकारले गरिसकेको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस