भरतपुर महानगरमा संक्रमितको संख्या ९०२ पुग्यो

सफल खबर संवाददाता

सोमबार, २९ भदौ २०७७, १७ : २७
भरतपुर महानगरमा संक्रमितको संख्या ९०२ पुग्यो

चितवन । चितवनको भरतपुर महानगरपालिकामा संक्रमितको संख्या ९०२ पुगेको छ । महानगरको स्वास्थ्य शाखाले दिएको तथ्यांकअनुसार संक्रमित हुनेमा महिला ४१० र पुरुष ४९२ रहेका छन् । भरतपुर महानगरमा १६२ संक्रमित निको भएर घर फर्केका छन् ।

भरतपुर महानगरपालिकामा हालसम्म मृत्यु हुनेको संख्या १० जना रहेको छ । सक्रिय संक्रमित संख्या  ७३० छ । होम आइसोलेसनमा ३४६ जना छन् । जसमा महिला १५८, पुरुष १८८ महिला छन् । हालसम्म वडा क्वारेन्टिनमा १७ जना संक्रमित छन् । जसमा महिला २  र पुरुष १५ जना छन् । 

भरतपुर महानगरले सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेसन ६१ जना रहेका छन् भने ११ जना घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस