काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गर्नुभएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उहाँले यअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गर्नुभएको थियो ।
मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुन्नुभएको हो । उहाँले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताउनुभयो ।
मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गर्नुभयो ।
उहाँले कोरोनाबाट बच्नका लागि पूर्वजीवनशैलीमा परिवर्तन गर्नुपर्ने सुझाव दिँदै देशभर यस्तो खालको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले कोरोनाबाट बच्नका लागि उच्च मनोबलको खाँचो रहेकामा जोड दिँदै कोही पनि आतङ्कित हुन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २७ भदौ २०७७, २० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै