औषधि विभागले भन्यो– यी हुन् विषाक्त स्यानिटाइजर, प्रयोग नगर्नुहोस्

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १७ : २९
औषधि विभागले भन्यो– यी हुन् विषाक्त स्यानिटाइजर, प्रयोग नगर्नुहोस्

काठमाडौँ । औषधी व्यवस्था विभागले बजारमा उपलब्ध हुने सबै किसिमका स्यानिटाइजरहरु गुणस्तरीय नभएको दावी गरेको छ । विभागले नक्कली विषाक्त मिसिएका स्यानिटाइजरहरु पनि बजारमा उपलव्ध भएको हुनाले सावधानी अपनाउन भनेको छ । 

नक्कली विषाक्त रसायन मेथानोल प्रयोग गरिएको स्यानीटाइजर प्रयोग नगर्न विभागले सूचना जारी गरेको छ । स्वास्थ्य असर पर्याउने भएकाले यी कम्पनीका स्यानीटाइजर प्रयोग नगर्न  विभागले भनेको छ । 

नेपाल कायकल्प उद्योग भक्तपुरले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर, हाइजिन सप एण्ड केमिकल प्रालि काठमाडौंले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर ओर्जिनल, आधार केमिलक एण्ड फुड इन्डस्ट्री प्रालि काठमाडौंले उत्पादन गरेको एडभान्स ह्याण्ड स्यनीटाइजर, सर्च चेम कम हर्वल प्रोडक्ट काठमाडौंले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर रिफ्रेसिङ जेल र सुर्यमुखी हर्वल प्रोडक्ट काठमाडौंले उत्पादन गरेको सुर्यमुखी ह्याण्ड स्यानीटाइजर नाम गरेको स्यानीटाइजर स्वास्थ्यका लागि हानिकारक भेटिए पछि विभागले सूचना जारी गरेर प्रयोग नगर्न भनेको हो । 

विभागले बजारमा जथाभावी नक्कली र हानिकारक रसायन प्रयोग गरी स्यानीटाइजर उत्पादन नगर्न कम्पनीहरुलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस