रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, १४ : ३५
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा दुई सैनिकको मृत्यु

चितवन । रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर चितवनमा आज दुई सैनिकको मृत्यु भएको छ ।

कालिका नगरपालिकाको वडा नम्बर ८ शक्तिखोरस्थित सिंहनाथ गणको कम्पाउण्डमा रहेको रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार र जवानको मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

रुखले विद्युतीय तारलाई छोएपछि उनीहरूले हाँगा काट्ने प्रयास गरेका थिए । सुवेदार राजुबाबु श्रेष्ठको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । सैनिक जवान साजन कुमालको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस