गुणस्तरहिन सेनिटाइजर बनाउने ५ कम्पनीलाई कारवाही

सफल खबर संवाददाता

शनिबार, २७ भदौ २०७७, ११ : ५२
गुणस्तरहिन सेनिटाइजर बनाउने ५ कम्पनीलाई कारवाही

प्रतिकात्मक फोटो

काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएका छ । 

विभागले शनिबार एक सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस