काठमाडौं। नेकपाको स्थायी कमिटी बैठक केहीबेर अघिमात्र सकिएको छ । बैठकले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गरेको छ ।
असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक लामो समयको रस्साकस्सीपछि पुनः आज बसेको हो । नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित भएपछि स्थायी कमिटीको बैठक सम्पन्न भएको हो ।
बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने र प्रचण्ड कार्यकारी अध्यक्षको भूमिकासहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ ।
बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ भदौ २०७७, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
नेकपाले तोक्यो प्रदेश इन्चार्ज र संयोजक
नेकपामा कार्यविभाजनको प्रस्ताव : झलनाथ नीति प्रतिष्ठान प्रमुख र वामदेव उत्पादन विभागको जिम्मेवारीमा
नेकपाको कार्यविभाजन: गैर माओवादीको वर्चस्व, पार्टीभित्र असन्तुष्टि चुलिँदै
११ देखि १५ मंसिरसम्म महाधिवेशन गर्ने नेकपाको निर्णय
नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने