चितवनका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, २६ भदौ २०७७, ०७ : ४४
चितवनका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा गरिएको परिक्षणमा  थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गए राति गरिएको परीक्षणमा चितवनका ३१ र अन्य जिल्लाका ३ जना गरि ३४ जनामा संक्रमण पुष्टि भएको हो । 

संक्रमण पुष्टि हुनेमा चितवनका सबै भरतपुर महानगरपालिकाका रहेका छन् । ति मध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । संक्रमित हुनेहरुमा १२ वर्षका देखि ५७ वर्ष सम्मका रहेका छन् । संक्रमितहरुको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनस्थलबाट संकलन गरिएको हो ।

यसैगरि थप संक्रमित हुनेहरमा नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिला गरी दुई जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

प्रतिक्रिया दिनुहोस