चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, १४ : ३७
चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

फाइल फोटो

चितवन । भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमित एक पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । ६२ वर्षीय पुरुषको भदौ १८ गते श्वासप्रश्वासमा जटिल समस्या आई चितवन मेडिकल कलेजमा भर्ना भएको र १८ गतेको परिक्षणका क्रममा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । 

भ्यान्टिलेटरमा उपचाररत वृद्धको आज दिउँसो मृत्यु भएको हो । उनमा निमोनियाको समस्या रहेको अस्पतालको भनाई छ । 

प्रतिक्रिया दिनुहोस