काठमाडौँ । भरतपुरमा रहेको चितवन मेडिकल कलेजले रोबर्टबाट शल्यक्रिया गर्ने उपचार सेवाको शुभारम्भ गरेको छ ।
अस्पतालले सेप्टेम्बर महिनादेखि थालेको रोबर्टिक शल्यक्रिया सेवा अहिलेसम्म १४ जनालाई दिएको जनाएको छ ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपालका अस्पतालहरूमध्ये अत्याधुनिक प्रविधिको रोबर्टबाट गरिने यो शल्यक्रिया नेपालमै पहिलो हो । यद्यपि यसअघि काठमाडौँको बीएण्डबी अस्पतालले रोबर्टबाट शल्यक्रिया उपचार सेवा भने यसअघि नै दिइसकेको छ ।
विशेष गरी जटिल रोगहरू जस्तै युरो सर्जरी, क्यान्सर, स्त्री तथा प्रसूति रोग सँग सम्बन्धित शल्यक्रिया लगायतमा यो पद्धतिबाट उपचार भइरहेको अस्पतालका प्रोफेसर डाक्टर दयाराम लम्सालले जानकारी दिए

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ कार्तिक २०८२, १३ : ३३
लेखकबाट थप