सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २५ भदौ २०७७, ०९ : ४७
सिरहा कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

सिराहा । सिराहा कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिराहाका अनुसार  परिक्षणको आधारमा कारागारका ५९ कैदीबन्दीसहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ५९ जना कैदीबन्दीमा र चोहर्वास्थित शेरगन नेपाली सेनाका ७ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना पुष्टि भएकाहरू २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कैदीबन्दीमा कोरोना पुष्टि भएको जिल्ला कारागारमा कैदीबन्दीमा त्रास फैलिएको जिल्ला कारागाका सिरहाकी प्रमुख बबिता महतोले जनाएकी छिन् ।  जेलर महतोकाअनुसार  कोरोना पुष्टिको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको  आइसोलेसनमा राखेको जनाएकी छिन् । सिराहा कारागारमा रहेका पाँचसय ९४ जना कैदी बन्दीमध्ये ८० जनाको  पीसीआर जाँच गराउदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस