काठमाडौँ । यातायात व्यवसायीहरुले असोज १ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयुक्त बैठकमा यस्तो घोषणा गरेका हुन् ।
व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सरकारले सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका सम्पूर्ण यातायात चलाउने घोषणा गरेका हुन् ।
सरकारले यातायात संचालनका लागि सहजीकरण नगरे व्यवसायीहरुले यातायात चलाउने जानकारी विभागलाई गराएका छन् ।यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कोरोना संक्रमण कम भएका ठाउँमा यातायात चलाउन सकिनेछ । गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ भदौ २०७७, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति
यातायात व्यवसायीलाई गण्डकी सरकारले भन्यो- नियमावली फिर्ता हुन्न, वार्तामा आउनू
यातायात बन्द हुँदा पर्यटकले दु:ख पाएको भन्दै प्लेकार्डसहित प्रदर्शन
यातायात व्यवसायीलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान
गाडीमा कालो झण्डा राखेर यातायात व्यवसायीको विरोध