'लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ '

सफल खबर संवाददाता

सोमबार, २२ भदौ २०७७, १९ : २४
'लकडाउन तथा निषेधाज्ञा खोलेर जनजीवन सुचारु गरौँ '

डा. रवीन्द्र पाण्डे
काठमाडौं । बिगत ६ महिनादेखि हामीले कुनै न कुनै किसिमको लकडाउन भोगेका छौं । लकडाउन जहिले पनि २ देखि ३ हप्ता गर्दा पुग्थ्यो । त्यो समयमा रोग नियन्त्रण, राहत तथा आफ्नो पेशाबाट बिस्थापित तथा बेरोजगारलाई पुनर्स्थापना गर्ने गृहकार्य हुनुपर्ने थियो । साथै लकडाउन वा निषेधाज्ञाको अबधिमा नागरिकलाई राहत दिने, हरेक टोल, बस्ती तथा गल्लीमा ब्यापक अनुगमन, निगरानी र जनचेतनाका काम गर्नु पर्थ्यो । मुख्य सडक र ठूला बजारमा मात्र सरकारको उपस्थिति सिमित गर्दा संक्रमण घट्नुको साटो बढ्दै गयो ।

सरकारले गर्नुपर्ने काम :

  • अब सरकारले निषेधाज्ञा हटाएर धेरै भीडभाड हुने क्षेत्र ( स्कुल, कलेज, फ्लिम हल आदि ) बाहेक अन्य गतिबिधि सुचारु गर्ने 
  • मास्क, साबुन तथा स्यानिटाइजरलाई हरेक स्वास्थ्य संस्था, क्लब, टोल आदिमा निशुल्क उपलब्ध गराउने 
  • जनपरिचालन गरेर जनस्वास्थ्य चेतनाको अभियान संचालन गर्ने 
  •  स्थानीय निकायमार्फत मास परीक्षण, आइसोलेसन तथा राहतको काम गर्ने 
  • सरकारी संयन्त्रले गल्ली, बस्ती, टोल, सडक, चोक, भीडभाड हुने कार्यालय आदिमा सघन अनुगमन, निगरानी तथा जनस्वास्थ्यका

मापदण्ड ब्यबस्थापन गर्ने 

  •  सिमानाकालाई कडाइ गर्ने 
  • संक्रमित क्षेत्रलाई मात्र शिल गर्ने 
  • संक्रमण कम भएका जिल्लामा लामोदुरीका यातायात संचालन गर्ने 
  • सहरमा बस्न गाह्रो भएका व्यक्तिहरुलाई आफ्नो घरमा गएर खेतीपाती गरेर खाने बाताबरण निर्माण गर्ने 
  • ठूला बस मापदण्ड पुरा गरेर संचालन गर्ने  
  • माइक्रोबसलाई एम्बुलेन्सको रुपमा र टेम्पुलाई सामान बोक्ने गरि सुचारु गर्ने 
  • चाडपर्वको लागि भीडभाड नहुने वातावरण निर्माण गर्ने 
  • अस्पतालका क्षमता बढाउने | जनताको पहुँच बढाउने 
  • सुशाशान, मितव्ययिता, जिम्मेवार र पारदर्शी किसिमले कार्य सम्पादन गर्ने 
  • जनताको जीवन र जीविका बचाउने सरकारको दायित्व हो 
  • जनताको मनोबल बढाउने, मनोपरामर्श सेवा प्रदान गर्ने तथा देशलाई नै उत्साहको मार्गमा अग्रसर गराउने 

नागरिकले गर्नुपर्ने काम :  

  • ६५ बर्ष नाघेका, दीर्घरोगको औषधि सेवन गरिरहेका तथा बालबालिका घरमै बस्ने | सकभर घरभित्र पनि घुलमिल नभएर बस्ने 
  • सक्रिय उमेरका व्यक्तिहरु काममा निस्किने 
  • घरबाहिर जाँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने 
  • सकेसम्म हरेक ठाउँमा २ मिटरको दुरी पालना गर्ने  
  • साबुनपानीले  हात धोइरहने  
  • साबुनपानी नभए स्यानिटाइजरले हात सफा गर्ने
  • भीडभाड नगर्ने
  • घरमा आएपछि कपडा, मास्क, चस्मा, झोला, पंजा आदि घरबाहिर राखेर तथा नुहाएर मात्र परिवारमा घुलमिल हुने 
  • आफु, आफ्नो परिवार र समाजलाई रोग लाग्न नदिन हरसम्भव प्रयत्न गर्ने 
  • हल्ला, भ्रम तथा सनसनीपूर्ण कुराको विश्वास नगर्ने
  • आधिकारिक निकाय तथा स्वास्थ्यकर्मीको सल्लाह विश्वास गर्ने 
  • पुरानो कामबाट बिस्थापित वा बेरोजगार भएमा कृषि, पशुपंक्षी पालन, गाउँको उत्पादन बजारमा ल्याएर बिक्रि गर्ने आदि नयाँ र कम जोखिमयुक्त काम अपनाउने 
  • समाजमा एकले अर्कोलाई सहयोग गर्ने 
  • जुन ठाउँमा आफुलाई सजिलो, सुरक्षित र रोजगारीको अवसर मिल्छ, त्यहि ठाउँमा बस्ने 
  •  धेरै डर नमान्ने, निरास नहुने 
  • सबै सतर्क भयौं भने यो अवस्था नियन्त्रणमा आउँछ 

प्रतिक्रिया दिनुहोस