चितवनमा निषेधाज्ञा भाद्र मसान्तसम्म थपियो

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १६ : १३
चितवनमा निषेधाज्ञा भाद्र मसान्तसम्म थपियो

चितवन । चितवनमा जारी निषेधाज्ञा भाद्र मसान्तसम्म थपिएको छ ।  चितवनमा हरेक दिन संक्रमितको संख्या बढ्दै गइरहेकाले भाद्र ३१ गतेसम्म निषेधाज्ञा गर्न निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सुचना अधिकारी ईश्वर सिम्खडाले बताए ।  व्यापार व्यवसायहरु भने १० देखि ४ बजेसम्म खुल्ने छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुँदैछ । चितवनमा शुक्रबार एकैदिन ७४ जनामा संक्रमण पुष्टि भएको छ । यसले जिल्लामा थप जोखिम बढाएको प्रशासनको निश्कर्ष छ । 

हालसम्म चितवनका ११ जनाको कोरोना संक्रमणबाट नै मृत्यु भइसकेको छ । चितवन प्रशासनले पछिल्लो पटक निषेधाज्ञा थप गर्दा बैंकिङ क्षेत्रलाई केही खुकुलो बनाएको थियो । 

चितवनमा साउन ३१ गतेबाट पहिलोपटक भरतपुर महानगरपालिकाको आग्रहमा प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो । हाल जिल्लाभर निषेधाज्ञा जारी छ । माडीमा भने दिउँसो केही खुकुलो पारिएको छ । 

प्रतिक्रिया दिनुहोस