चितवनबाट डायलासिस गरेर गएका संक्रमितको रुपन्देहीमा मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, १३ : १६
चितवनबाट डायलासिस गरेर गएका संक्रमितको रुपन्देहीमा मृत्यु

रुपन्देही । चितवनबाट डायलासिस गरेर गएका कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ । रुपन्देहीमा होम आइसोलेसनमा रहेका ती संक्रमित पुरुषको शुक्रबार मृत्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । 

मिर्गौलाले काम नगरेपछि चितवनमा डायलासिस गरेर घर फर्केका थिए । शुक्रबार बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिए । शुक्रबार मात्र रुपन्देहीमा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस