चितवनमा दोश्रो पटक थप गरिएको निषेधाज्ञाको आज अन्तिम दिन, एक हप्ता अझैं थप गर्ने स्थानिय प्रशासनको तयारी

सफल खबर संवाददाता

शुक्रबार, १९ भदौ २०७७, ११ : ४५
चितवनमा दोश्रो पटक थप गरिएको निषेधाज्ञाको आज अन्तिम दिन, एक हप्ता अझैं थप गर्ने स्थानिय प्रशासनको तयारी

चितवन । कोरोना संक्रमण तिब्र बनेसंगै रोकथामका लागि स्थानिय प्रशासनले चितवनमा दोश्रो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजेपछि अन्त्य हुँदैंछ । निषेधाज्ञा अन्त्य हुनेभएसंगै जिल्ला प्रशासनले अब फेरी थप्ने हो कि हटाउने हो भन्नेमा कौतुहलता छाएको छ । 

यसै विषयमा निर्णय लिन आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुको बैठक बस्दैं छ । जिल्ला भित्र कोरोना संक्रमण झनै तिब्र बनेकोले निषेधाज्ञा अझैं एक साता थप्ने तयारी भएको प्रशासन श्रोतले जानकारी दिएको छ । 

निषेधाज्ञा लम्बिएसँगै धेरै क्षेत्रहरु मारमा परेको भन्दै केही दिन अघि जिल्ला भित्र रहेका विभिन्न व्यवसायिक प्रतिष्ठान, संघसंस्थाहरुले सार्वजनिक विज्ञप्ती निकाल्दै निषेधाज्ञाको विकल्प खोज्न स्थानिय प्रशासनसंग आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले  दिउँसो बस्ने बैठकले निषेधाज्ञा बारे निर्णय गरिने जानकारी दिएका छन् । 

चितवनमा आज एकदिनमै ७४ जनामा संक्रमण पुष्टि भएकोले संक्रमणको खतरा झन बढेकाले निषेधाज्ञा थप्ने निष्कर्समा प्रशासन पुगेको छ । पछिल्लो पटकका निषेधाज्ञा थप गर्दा बैंकिङ क्षेत्रलाई केही खुकुलो बनाएको थियो । यसैलाई निरन्तरता  दिदैं अझैं केही क्षेत्रलाई खुकुलो बनाउने तयारीमा प्रशासन जुटेको छ । 
 

प्रतिक्रिया दिनुहोस