काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटा मुछिएको अडियो टेपसँग सम्बन्धित फाइल तामेलीमा राख्न प्रचलित कानुनको गम्भीर उल्लंघन गरेको भेटिएको छ । ‘अडियो फाइल सनाखत हुन नसकेको’ भन्ने आधार देखाएर फाइल तामेलीमा राख्न अख्तियारले बुधबार गोरखापत्रमा सातदिने सूचना निकालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार घरठेगाना खुलेको र नियमित सम्पर्कमा रहेको व्यक्तिका नाममा त्यसरी सार्वजनिक सूचना निकाल्न मिल्दैन । अख्तियारले बुधबार सार्वजनिक गरेको सूचनामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको उजुरीमा छानबिन गर्न विजयप्रकाश मिश्रलाई बोलाइएको व्यहोरा उल्लेख छ । सूचनामा ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि मोलमोलाइ गरेको भन्नेसमेत विषयको अनुसन्धानको सिलसिलामा केही बुझ्नुपर्ने भएकाले’ बोलाइएको उल्लेख छ ।
अख्तियारले प्रहरी महाशाखालाई सम्पर्क स्थान तोकेको छ । अनुसन्धान अधिकृत तोकिएकामध्ये एक जनाको हालै सरुवा भएको छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले अनुसन्धान सिलसिलामा बुझ्नुपर्ने मानिस सम्पर्कमा नआएमा सूचना निकाल्ने कानुनी व्यवस्था रहेको भन्दै ‘भ्रष्टाचार निवारण ऐनको दफा ४३ को व्यवस्था हेर्न’ आग्रह गरे । उक्त कानुनी व्यवस्थामा ठेगाना पत्ता नलागेमा वा सूचना बुझाउन नसकेमा मात्रै सार्वजनिक सूचना निकाल्नुपर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ भदौ २०७७, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'
गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: गोकुल बास्कोटा
पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हाल्यो : गोकुल बास्कोटा
अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ ! : गोकुल बाँस्कोटा
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा