झापा । झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जङ्गलभित्र बिभत्स हत्या गरिएको एक युवाको शव फेला परेको छ ।
आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
मङ्गलबार साँझदेखि हराएका उनलाई जङ्गलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ ।
सङ्घीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए । उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १७ भदौ २०७७, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या