काठमाडौँ । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको ‘घुस बार्गेनिङ’ प्रकरणको खुलासा गर्ने विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्न थालेको छ ।
मिश्रले तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा ७० करोड ‘घुस बार्गेनिङ’ गरेको अडियो सार्वजनिक गरेका थिए । मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सूचना प्रकाशित गरेर बोलाएको छ ।
बुधवार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित भएको छ । अख्तियारले कमिसनको मोलमोलाईबारे केही बुझ्नुपर्ने भएकाले उपस्थित हुन मिश्रलाई सूचना जारी गरी बोलाएको छ ।
मिश्रले उपस्थित नभए कानून बमोजिम भइजाने सूचनामा भनिएको छ । अख्तियारले पूर्व मन्त्री बास्कोटा संलग्न घुसकाण्डमा छानबिन गरिरहेका व्यक्ति हुन् । तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री बास्कोटा ७० करोडको घुुस प्रकरणको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजिनामा दिएका थिए ।
मन्त्री बास्कोटाले विभिन्न सञ्चारमाध्यममा आफू कमिसनमा संलग्न नभएको दाबी गर्दै आएका छन् । उनले पुष्टि भए आफू सजायको भागिदार हुनेसमेत बताएका छन् । पुष्टि गर्न नसके आरोपितमाथि पनि कारबाही हुनुपर्ने उनको अडान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ भदौ २०७७, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गोकुल बाँस्कोटाको आपत्ति
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा