सेनाको ब्यारेकमै कोरोना

पत्रपत्रिकाबाट

आइतबार, १४ भदौ २०७७, ०७ : २८
सेनाको ब्यारेकमै कोरोना

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ ।

प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ ।

अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ ।

राजधानी काठमाडौंमा निषेधाज्ञा लगाए पनि त्यसको परिपालना हुन नसक्दा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । सरकारी आदेश अवज्ञा गर्नेलाई कारबाही गर्ने कानुन नभएका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन् । नेपाल समाचारपत्रमा खबर छ । 

प्रतिक्रिया दिनुहोस