काठमाडौँ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुुसन्धान गरिरहेको छ ।
त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले दुुई साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड–१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिनुभयो । त्यसक्रममा उहाँले औषधि अनुुसन्धान गरिरहेको जानकारी पनि दिनुुभयो ।
पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २१३ जना बिरामी निको भएर घर फर्किएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ भदौ २०७७, ०६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै