प्रस्तावित ३ जना राजदुतको संसदीय सुनुवाई प्रक्रिया शुरु

रासस

शनिबार, १३ भदौ २०७७, ०९ : ३१
प्रस्तावित ३ जना राजदुतको संसदीय सुनुवाई प्रक्रिया शुरु

फाईल तस्वीर

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र राजभण्डारी (वेल्जियम र युरोपियन युनियन), तापस अधिकारी (पाकिस्तान) र रामकाजी खड्कालाई (जर्मनी) का लागि राजदूतमा सिफारिश गरी संसदीय सुनुवाईका लागि पठाएको थियो ।

समितिको शुक्रबारको बैठकले उक्त पदमा उनीहरुलाई  नियुक्ति गर्न उपयुक्त  छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन  सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

 प्रस्तावित व्यक्तिको संसदीय सुनुवाईबाट नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने सवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस