काठमाडौं । विदेशमा अलपत्र ४९० नेपाली आज स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरु स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् ।
नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट २६२ यात्रु तथा १६ वटा शव नेपाल ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाटै १५६ यात्रु ल्याएको छ । त्यस्तै कतार एयरवेजले दोहाबाट ७२ नेपाली काठमाडौँ ल्याएको छ । उसले काठमाडौँबाट फर्किदा १२७ यात्रु लगेको विमानस्थल कार्यालयले जनाएको छ ।
शनिबार पनि विभिन्न एयरलाइन्सका छ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थल कार्यालयले तालिका सार्वजनिक गरेको छ । पहिलो उडान सिल्क एयरले सिङ्गापुरबाट यात्रु काठमाडौँ ल्याउनेछ । जजीरा एयरलाइन्सले कुवेतबाट नेपाली ल्याउने जनाइएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट काठमाडौँका लागि चार्टर्ड उडान गर्नेछ । नेपाल एयरलाइन्सले क्वालालम्पुर र कुवेतबाट उद्धार उडान गरी नेपाली फर्काउने उडान तालिका छ । आज आन्तरिकतर्फ सिम्रिक र कैलाशको हेलिकोप्टरले गोरखामा समान एक उडान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ भदौ २०७७, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा युएईमा कार्यरत नेपालीहरूलाई चेतावनी
यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी
साउदीले ६५ जना नेपालीलाई दियो आममाफी
युएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु