दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडकभन्दा माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज विहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग सुचारु गराउन डेढ घण्टा लाग्ने कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ भदौ २०७७, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा