काठमाडौँ । झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।
गोली लागि कामाटोलीका ३८ वर्षिय रमिफुन आलम सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोडस्थित बिएमसी अस्पताल लगिएको छ ।
गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते