काठमाडौँ । झापा गाउँपालिका– ३ कामाटोलीमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।
गोली लागि कामाटोलीका ३८ वर्षिय रमिफुन आलम सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोडस्थित बिएमसी अस्पताल लगिएको छ ।
गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेको थियो । प्रहरीले घटनास्थलवाट गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेको सशस्त्र प्रहरीको झापा गाउँपालिकास्थित बिओपीका इन्स्पेक्टर सचन श्रेष्ठले बताए । उनले स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० भदौ २०७७, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते