देशभर ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

पत्रपत्रिकाबाट

सोमबार, ०८ भदौ २०७७, ०८ : ०१
देशभर ४ सय ५४ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । कोरोना संक्रमित बढेसँगै उनीहरूको उपचारमा खटिएका चिकित्सक, नर्स, प्राविधिकलगायत स्वास्थ्यकर्मीमा पनि संक्रमणको दर वृद्धि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार आइतबारसम्म ४ सय ५४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जसमध्ये चिकित्सक १ सय ४२, अस्पतालका कर्मचारी १ सय २३, नर्स ९४, ल्याब टेक्निसियन ३० र पारामेडिक्स ६५ जना छन् । 

अस्पतालअनुसारको तथ्यांक हेर्दा भने त्योभन्दा बढी संख्या देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत संक्रमित स्वास्थ्यकर्मीको संख्या धेरै हुन सक्ने जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।